loader

Breaking News

सिक्किमका दुई युवा फुटबल खेलाडी शीर्ष क्लबमा चयन

Image
 

 

द हिमाल वर्ल्ड
सिक्किम, 11 जनवरी 2025

सिक्किमका 17 वर्षीय रापगे लेप्चा र 18 वर्षीय फुङहाङ सुब्बा क्रमशः इस्ट बंगाल र मोहम्मडन स्पोर्टिङ क्लबमा आबद्ध भएका छन्। यी खेलाडीहरूले अहिले कोलकातामा प्रशिक्षण पनि लिइरहेका छन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको नेतृत्वमा सिक्किम सरकार खेलकुद क्षेत्रको विकासको निम्ति लागिपरेको समय यी खेलाडीहरूको उपलब्धिले सम्पूर्ण राज्यलाई गौरवान्वित बनाएको बताइएको छ।
अर्कोतिर यो उपलब्धिप्रति खुशी व्यक्त गर्दै राज्यका मुख्यमन्त्री गोलेले उनीहरूलाई यो सफलताको निम्ति बधाई दिएका छन्। यसको साथै उनीहरूलाई खेल सामग्री उपहारस्वरूप प्रदान पनि गरेका छन्। राज्यमा खेलको विकासको निम्ति राज्य सरकार कटिबद्ध रहेको पनि उनले मन्तव्य पोखेका छन्। 
खेलाडीहरूले राज्यमा खेलकुदको विकासमा सरकारको सक्रियताका लागि आभार व्यक्त गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत निरन्तर राज्यको नाम उच्च राख्ने प्रतिबद्धता जनाएका छन्।


Leave a Comment